मिलेमतोमा कर्जा प्रवाह गरेको आरोपमा प्रभु बैंकका डिसिईओसहित ११ कर्मचारी प्रक्राउ « Arthapath.com
१५ फाल्गुन २०८०, मंगलवार

मिलेमतोमा कर्जा प्रवाह गरेको आरोपमा प्रभु बैंकका डिसिईओसहित ११ कर्मचारी प्रक्राउ



काठमाडौं । प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपाने पक्राउ परेका छन् । ऋणमा अनियमितता भएको भन्दै केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई पक्राउ गरेको हो ।

तत्कालिन सेञ्चुरी कमर्सियल बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेको न्यौपानलाई सीआइबीले पक्राउ गरेको हो । सेञ्चुरी बैंक प्रभु बैंकसँग मर्ज भएको हो । मर्जपछि न्यौपाने प्रभु बैंकको सिनियर डेपुटी सिईओ बनेका थिए ।

उनीसँगै सेञ्चुरी बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम पनि पक्राउ परेका छन् । गौतम र न्यौपानेमाथि समस्याग्रस्त देउराली सहकारीसँग मिलेर ऋण प्रवाह गरेको आरोप छ ।

देउराली सहकारीलाई मिलेमतोमा कर्जा प्रवाह गरेको आरोपमा प्रभु बैंकका डिसिईओसहित ५ कर्मचारी प्रक्राउ परेका हुन् । पक्राउ पर्नेमा दिपेश प्रधान, रमण श्रेष्ठ, दीपिल बराल, राजेश भण्डारी छन् ।


प्रतिक्रिया दिनुहोस्