एसबीआई बैंकलाई भारतमा करोडौं जरिवाना « Arthapath.com
१० असार २०८२, मंगलबार

एसबीआई बैंकलाई भारतमा करोडौं जरिवाना



काठमाडौं । स्टेट बैंक अफ इण्डिया (एसबीआई)लाई भारतमा नियामक निकायले करोडौं जरिवाना तिराएको छ । बैंकले नियामकीय व्यवस्थाको परिपालना नगरेको भनेर जरिवाना तिराएको हो ।

एसबीआई भारतको सबैभन्दा ठूलो बैंक हो, यो सरकारी स्वामित्वमा छ । नेपालको एक प्रमुख बाणिज्य बैंक ‘नेपाल एसबीआई’को माऊ कम्पनी पनि यही हो ।

उक्त बैंकले गत साल केही कम्पनीहरुको सेयर धितो राख्ने क्रममा कुल चुक्ता पूँजीको ३० प्रतिशतभन्दा बढी सेयर धितो राखेको नियामक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले जनाएको छ ।

त्यस्तै एसबीआईले निक्षेपकर्ता शिक्षा तथा सचेतना कोषमा पनि पर्याप्त पैसा नछुट्याएको पाइएको आरबीआईले जनाएको छ । यी दुबै गल्तिहरु भारतको बैंकिङ नियमन ऐन १९४९ बमोजिम दण्डनीय हुन्छन् ।

उक्त आरोपहरुमा केन्द्रिय बैंकले एसबीआईलाई भारु. २ करोड जरिवाना लगाएको छ ।

त्यस्तै आरबीआईले कोभीड १९ सँग सम्बन्धित कतिपय आफ्ना निर्देशनहरुको पालना नगरेको भनेर अर्को सरकारी बैंक केनरा बैंकलाई पनि भारु ३२ लाख ३० हजार जरिवाना तिराएको छ ।


प्रतिक्रिया दिनुहोस्