एनबीएले बैंकर पक्राउको विषयमा राष्ट्र बैंक, गृह मन्त्रालय र सीआईबीलाई भेट्ने, कर्मचारी छुटाउन दबाब दिने « Arthapath.com
१० असार २०८२, मंगलबार

एनबीएले बैंकर पक्राउको विषयमा राष्ट्र बैंक, गृह मन्त्रालय र सीआईबीलाई भेट्ने, कर्मचारी छुटाउन दबाब दिने



काठमाडौं । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले एकै दिन १० जना बैंक कर्मचारी पक्राउ गरेको भोलिपल्ट नेपाल बैंकर्स संघको आकष्मिक बैठक बसेको छ । बुधबार विहान ९ः३० बजे बसेको बैठकले कर्मचारी छुटाउन दबाब दिने समझदारी गरेको छ ।

प्रहरीले बैंकिङ सम्बन्धि कानूनी व्यवस्थाहरु र बैंकको कार्यशैलीलाई राम्रोसम्ग बुझ्न नसकेको निष्कर्श निकाल्दै बैंकरहरुले थुनामा रहेका कर्मचारी छुटाउन दबाब दिने सहमति गरेका हुन् ।

यसका लागि नेपाल राष्ट्र बैंक र गृह मन्त्रालयमा डेलिगेशन जाने समझदारी भएको एक बैंकरले अर्थपथलाई जानकारी दिए । यस मामिलामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कानून र कार्यान्वयन प्रणालीका विषयमा छलफल गर्ने भएका हुन् ।

बैंकर्स संघका पदाधिकारीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई पनि भेटेर बैंकिङ कसुर तथा सजायँका बारेमा छलफल गर्ने सहमति गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्