राष्ट्र बैंकले २ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने, बिहीबारसम्म ब्याजदर प्रस्ताव गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले झन्डै दुई अर्ब बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ ।
केन्द्रियि बैंकले आफ्नो विभिन्न कोषमा रहेको १ अर्ब ९१ करोड १० लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
केन्द्रीय बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ५२ करोड ८९ लाख, विकास बैंकहरुमा २८ करोड ६६ लाख र फाइनान्स कम्पनीहरुमा ९ करोड ५५ लाख गरी कुल १ अर्ब ९१ करोड १० लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको छ ।
उक्त निक्षेप २०८१ बैशाख २ गतेदेखि २०८२ बैशाख १ गतेसम्म ३६६ दिन अवधिको हुनेछ । सो बराबरको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले चैत ८ गते बिहीबारसम्ममा ब्याजदर प्रस्ताव पेश गरिसक्नुपर्ने छ।