महँगा गाडीको जोखिमभार घटाउँदा बैंकलाई साढे ३ अर्ब पूँजी बचत « Arthapath.com
२४ असार २०८२, मंगलबार

महँगा गाडीको जोखिमभार घटाउँदा बैंकलाई साढे ३ अर्ब पूँजी बचत



काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारी साधन खरीदका निम्ति प्रवाह हुने कर्जाको जोखिम भार घटाउँदा बैंक तथा वित्तीय संस्थाको करीब साढे ३ अर्ब रुपैयाँ पूँजी जोगिने दाबी गरेको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभाग प्रमुख गुरुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

उक्त समीक्षामार्फत् केन्द्रिय बैंकले अहिले १२५ प्रतिशत जोखिम भार रहेको ‘हायर पर्चेज’ कर्जाको जोखिमभार १०० प्रतिशतमा झार्ने भनेको छ ।

पौडेलका अनुसार अहिले पनि २५ लाख रुपैयाँसम्मको कर्जामा यस्तो जोखिम भार १०० प्रतिशत मात्रै छ ।

२५ लाखभन्दा बढी कर्जाको हकमा अब जोखिम भार १०० प्रतिशत बनाइने भएको हो । अहिले यस किसिमको कर्जा करीब १५ अर्ब हाराहारी रहेको पौडेलले बताए । त्यसको २५ प्रतिशत जोखिम भार कम गर्दा बैंक तथा वित्तीय संस्थालाई साढे ३ अर्ब बराबरको पूँजी बचत हुने उनले बताए ।

जोखिमभारका आधारमा बैंक तथा वित्तीय संस्थाले पूँजी छुट्याउनु पर्ने हुन्छ । अहिले धेरै बैंकहरु पूँजी कोषको अभावमा परेका छन् । उनीहरुलाई सहज बनाउनभन्दा पनि गाडीको विक्रीलाई खुकुलो पार्न यस प्रकारको नीति आएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्