बढ्यो मोबाइल बैकिङ्ग मार्फत हुने कारोबार, क्यूआर र वालेट कारोबारमा पनि व्यापाक सुधार

काठमाडौं । मोबाइल बैंकिङ्ग भुक्तानी साढे ५२ प्रतिशत वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा मोबाइल बैंकिङ्ग मार्फत ३ खर्ब ५१ अर्ब २८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो गत आवको जेठ मसान्तसम्मको तुलनामा ५२.४२ प्रतिशत धेरै हो । गत आवको सोही अवधि भने २ खर्ब ३० अर्ब ४७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार मोबाइल बैंकिङ्ग मार्फत भएको थियो । जेठ महिनामा मात्रै १५ अर्ब २२ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत बैशाख मसान्तसम्ममा भने मोबाइल बैंकिङ्ग मार्फत कारोबार भएको थियो ।
चालु आवको जेठ महिनासम्ममा कुल ४ करोड ४३ लाख ७२ हजार ३१ पटक मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी भएको छ । गत बैशाखसम्म भने ४ करोड २४ लाख ४४ हजर ५१७ पटक मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी भएको देखिन्छ । हाल मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या भने २ करोड ४३ लाख ६३ हजार ७७६ पुगेको छ । गत आवको जेठ महिनासम्मको तुलनामा ३२ लाख ७२ हजार ७१७ जना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु थपिएका हुन् ।
नेपालमा पछिल्लो समय डिजीटल कारोबार र भुक्तानी दुवै व्यापाक रुपमा बढेको छ । दैनिक रूपमा बैंकिङ्ग कारोबारमा डिजिटल उपकरणहरू पनि थपिँदै जाँदा प्रयोगकर्ताहरूको संख्यामा उल्लेख्य रुपमा बढेको छ । पछिल्लो समय स्मार्ट मोबाइल फोन र इन्टरनेट प्रयोगकर्ताको पहुँच बढेसँगै डिजिटल कारोबारमा पनि बढोत्तरी आएको राष्ट्र बैंकले जनाएको छ ।
भुक्तानीको तथ्याङ्क

राष्ट्र बैङ्कका अनुसार नगदसहित आरजिटिएस, एटिएम र डिजिटल कारोबारका लागि कनेट आइपिएस, इ–कर्मश, इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ, वालेट, क्युआर पेमेन्ट, पोन्ट अफ सेल्स (पिएसओ) का प्रयोगकर्ता बढेका पाइन्छ । राष्ट्र बैङ्कका अनुसार क्विक रेस्पोन्स (क्युआर), मोबाइल बैङ्किङ, वालेट लगायतका उपकरणमा सर्वसाधारणको बढी नै आकर्षण बढेको हो ।
चालु आवको ११ महिनामा क्यूआर कोड मार्फत ५३ अर्ब ८८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । क्यूआर पेमेन्ट्स एक वर्षमै ९१.९१ प्रतिशत वृद्धि भएको हो । गत आवको जेठसम्म भने २८ अर्ब ७ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको थियो । गत बैशाखसम्ममा भने ५२ अर्ब ७५ करोड ७० लाख रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ । चालु आवको ११ महिनामा १ करोड ९८ लाख २० हजार २२० पटक क्यूआर कोड मार्फत कारोबार भएको छ ।
यता, वालेट मार्फत भने ११ महिनामा २९ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सो अवधिमा ३ करोड २५ लाख १४ हजार ९६८ पटक वालेट मार्फत भुक्तानी भएको हो । वालेट मार्फत हुने कारोबार एक वर्षमा ४५.७० प्रतिशत वृद्धि भएको हो । गत आवको जेठ महिनासम्ममा भने वालेट मार्फत २० अर्ब १४ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो ।
वालेट मार्फत बैङ्क खातामा पैसा जम्मा गर्ने, इन्टरनेट, पानी/बिजुलीको बिल पे गर्ने, हवाई टिकट, फिल्म टिकट, मोबाइल रिचार्ज लगायत थुप्रै सेवा सुविधा यसमा हुन्छन् । हाल नेपालमा ई सेवा, खल्ती, प्रभु पे, आईएमई पे, इनेट जस्ता अन्य वालेट कम्पनीले विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्दै आएका छन् । यसको दायरा बढेसँगै प्रयोगकर्ता र कारोबार रकम पनि बढ्दै गएको हो ।
प्रयोगकर्ताको संख्या कस्तो ?

हाल नेपालमा वालेट प्रयोगकर्ताको संख्या २ करोड ३० लाख ३८ हजार २४० पुगेको छ। गत आवको जेठको तुलनामा भने यस्तो संख्या ४३ लाख ९६ हजार ७८७ थपिएको हो । गत बैशाखसम्ममा पनि वालेट प्रयोगकर्ताको संख्या २ करोड २६ लाख १५ हजार १२२ रहेको थियो ।
समिक्षा अवधिमा कनेक्ट आइपिएस मार्फत ५ खर्ब ६२ अर्ब ६१ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, ईलेक्ट्रोनिक चेक क्लियरेन्स (ईसीसी) मार्फत ५ खर्ब २४ अर्ब ९ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ।
यता, रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मार्फत ३४ खर्ब ६१ अर्ब ५३ करोड रुपैयाँ बराबरको भुक्तानी भएका छन् । यता, एटीम कार्ड मार्फत ९१ अर्ब रुपैयाँ कारोबार भएको छ ।
राष्ट्र बैंकका अनुसार डेबिट कार्ड मार्फत ९४ अर्ब ७८ करोड ३० लाख र क्रेडिट कार्ड मार्फत २ अर्ब ३ करोड ५० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । यता, इन्टरनेट बैंकिङ्ग मार्फत भने १६ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ।