एक वर्षमा १ अर्ब २५ करोड नाफा कमाएको माछापुच्छ्रे बैंकले कति दिन सक्छ लाभांश ? « Arthapath.com
७ असार २०८२, शनिबार

एक वर्षमा १ अर्ब २५ करोड नाफा कमाएको माछापुच्छ्रे बैंकले कति दिन सक्छ लाभांश ?



काठमाडौं । माछापुच्छ्रे बैंकले एक वर्षमा सवा अर्ब बढी खुद नाफा कमाएको छ । बैंकले सोमबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्ष बैंकले १ अर्ब २५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको यो नाफा अघिल्लो आवको तुलनामा भने १७.९७ प्रतिशत कमी हो । अघिल्लो आवमा बैंकले २ अर्ब ३८ करोड ५ लाख रुपैयाँ बढी खुद नाफा कमाएको थियो ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ९० लाख रुपैयाँ कायम भएको छ । बैंकको संचालन नाफा १ अर्ब ९५ करोड २७ लाख रुपैयाँ कायम भएको छ । यो वर्ष बैंकले ४.०१ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ४६ करोड ६४ लाख ५४ हजार रुपैयाँ कायम भएको छ । हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड २१ लाख रुपैयाँ कायम भएको छ । बैंकले जेगडा तथा कोषमा पनि ५ अर्ब ६७ करोड ३० लाख रुपैयाँ राखेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १० रुपैयाँ ७६ पैसा छ । यता, प्रतिसेयर नेटवर्थ भने १४८ रुपैयाँ ८० पैसा कायम भएको छ ।
गत वर्ष बैंकको खराब कर्जा १.५६ प्रतिशत कायम भएको छ । तर, अघिल्लो आवमा भने बैंकसँग यस्तो कर्जा ०.८६ प्रतिशत मात्र रहेको थियो ।

गत वर्ष बैंकको निक्षेप संकलन २.४४ प्रतिशत बढेर १ खर्ब ५७ अर्ब ९४ करोड १८ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा प्रवाह भने ०.७७ प्रतिशत मात्रै बढेको देखिन्छ। गत वर्ष बैंकले कुल १ खर्ब २७ अर्ब १० करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।


प्रतिक्रिया दिनुहोस्