राष्ट्र बैंकले जारी गर्यो ‘बैंक खाता रोक्का तथा फुकुवा सम्वन्धी विनियमावली, भोलिदेखि नै लागू हुने « Arthapath.com
३१ भाद्र २०८१, सोमबार

राष्ट्र बैंकले जारी गर्यो ‘बैंक खाता रोक्का तथा फुकुवा सम्वन्धी विनियमावली, भोलिदेखि नै लागू हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्वन्धी विनियमावली, २०८१’ जारी गरेको छ ।

बैंक तथा वित्तीय संस्थामा खोलिएको रोक्का राख्न तथा त्यसरी रोक्का रहेका खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित गर्न सो विनियमावली जारी गरेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११० को प्रयोजनको लागि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण) ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकको सञ्चालक समितिबाट यो विनियमावली तर्जुमा गरी लागु गरिएको जनाएको छ । जुन, भोलि अर्थात् असोज १ गतेदेखि लागाू हुनेछ ।

Khata-Rokka-Fukuwa-2081


प्रतिक्रिया दिनुहोस्