बैंकहरुको प्राथमिकतामा सेयर लगानीकर्ताः सेयर कर्जा विस्तारमा पाँच बैंक एग्रेशिभ, आठ वटाले भने घटाए
काठमाडौं । बैंकबाट ऋण लिएर सेयर धमाधम सेयर किन्नेहरु बढेका छन् । समग्र बैंकिङ्ग क्षेत्रमा कर्जा विस्तार न्युन देखिएता पनि सेयर धितोमा प्रवाह हुने कर्जा भने बढेको देखिन्छ ।
पछिल्लो एक महिनामै बैंकहरुले १ अर्ब ३४ करोड ८३ करोड ७० हजार रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । ब्याजदर सस्तिँदै गएपछि सेयर धितो राखी ऋण लिएर सेयर खरिदबिक्री गर्ने लगानीकर्ता बढेको पाइन्छ । बैंकहरुले पनि सेयर लगानीकर्तालाई प्राथमिकता दिएको पाइन्छ ।
समिक्षा अवधिमा अधिकांश बैंकहरुको सेयरधितो कर्जा बढाएका छन् । साउनमा ११ वटा बैंकले मात्रै सेयर धितो कर्जा प्रवाह गरेका छन् । त्यस बाहेकका बाँकी बैंकहरुले पुरानै कर्जा असुलीमा लागेको देखिन्छ ।
साउनमा सबैभन्दा धेरै सेयर कर्जा कुमारी बैंकले प्रवाह गरेको देखिन्छ । राष्ट्र बैंकका अनुसार कुमारीले एकै महिना ९० करोड १५ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । बैंकले गत असार मसान्तसम्म कुल ४ अर्ब ३७ करोड ६२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । तर, साउन मसान्तसम्म आइपुग्दा भने २०.६ प्रतिशत बढेर ५ अर्ब २७ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।
साउनमा दोस्रो धेरै ऋण ग्लोबल आइएमई बैंकले दिएको छ । ग्लोबल आइएमई बैंकबाट लगानीकर्ताले सेयर धितोमा ६० करोड ६८ लाख रुपैयाँ कर्जा लिएका छन् । बैंकको यस्तो शीर्षकको कर्जा एक महिनामै ८.०७ प्रतिशत वृद्धि भएको हो ।
समिक्षा महिनामा प्राइम बैंकले पनि यस्तो शीर्षकमा ४८ करोड ४० लाख रुपैयाँ, लक्ष्मी सनराइजले ४७ करोड ५९ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३३ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत असार मसान्तसम्मको तुलनामा यी बैंकको सेयर कर्जा क्रमशः ११.९३ प्रतिशत, १४.०४ प्रतिशत र १८.१९ प्रतिशत बढी हो ।
गत असार मसान्तसम्मको तुलनामा सबैभन्दा धरै कर्जा वृद्धि भने नेपाल एसबिआइए बैंकको देखिएको छ । एकै महिना बैंकको यस्तो कर्जा ११३.०१ प्रतिशत वृद्धि भई ६ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ पुगेको छ । साउनमा मात्रै बैंकले २२ करोड ७८ लाख रुपैयाँ सेयर कर्जा दिएको छ ।
राष्ट्र बैंकका अनुसार साउनमा एनएमबि बैंकले २४ करोड ९१ लाख, नेपाल बैंकले १४ करोड ६० लाख, सिद्धार्थले ११ करोड ६७ लाख, माछापुच्छ्रेले ४ करोड ४१ लाख र सिटिजन्सले ३ करोड ४१ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।
नबिल, एनआइसीसहित आठ बैंकले घटाए सेयर कर्जा
नबिल, एनआइसीसहित आठ बैंकले घटाए सेयर कर्जा घटाएका छन् । गत असार मसान्तसम्म नबिल बैंकले लगानीकर्तालाई सेयर धितोमा ११ खर्ब ४२ करोड ७८ लाख रुपैयाँ कर्जा दिएको थियो । तर, साउन मसान्तसम्म आइपुग्दा भने ७० करोड ९६ लाख रुपैयाँ घटेर १० अर्ब ७१ करोड ८२ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, एनआइसी एशिया बैंकको यस्तो शीर्षकको कर्जा १२.७२ प्रतिशत, प्रभुको ९.६९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.८९ प्रतिशत, एभरेष्टको ११.७२ प्रतिशत, सानिमाको ८.६९, हिमालयनको ४.५८ प्रतिशत र कृषि विकास बैंकको १.३४ प्रतिशत घटेको छ ।
समिक्षा महिना एनआइसी एशियाले ४७ करोड ६९ लाख, प्रभुले ३० करोड ८३ लाख, राष्ट्रिय वाणिज्य बैंकले २९ करोड ३७ लाख, एभरेष्टले २३ करोड ७६ लाख र सानिमाले १३ करोड ६० लाख रुपैयाँ घटाएका हुन् । यता, हिमालयन बैंकले ९ करोड २२ लाख, कृषि विकासले २ करोड १४ लाख रुपैयाँ सेयर कर्जा घटाएका छन् ।
कुन बैंकले कति दिए सेयर कर्जा ?