बैंकहरुमा अधिक तरलता, आजै ३० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले आइतबार बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकहरुमा अधिक तरलता भएपछि सो बराबरको रकम तान्ने भएको हो ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरि १४ दिनका लागि ३० अर्ब खिच्न लागेको हो ।
राष्ट्र बैंकमा निक्षेप राख्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुले असोज ६ गते बेलुका ३ बजेसम्ममा आवेदन गर्न सक्नेछन् । बैंकहरुले न्युनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्नेछन् ।
14.DC_-NOtice2081.06.06