अब बैंकको १% भन्दा बढी सेयर भएका साधारण सेयरधनीले पनि बैंकबाट ऋण लिन नपाउने « Arthapath.com
२० जेष्ठ २०८२, मंगलबार

अब बैंकको १% भन्दा बढी सेयर भएका साधारण सेयरधनीले पनि बैंकबाट ऋण लिन नपाउने



काठमाडौं । कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट एक प्रतिशतभन्दा बढी सेयर भएका सर्वसाधारण सेयरधनीले उक्त बैंकबाट ऋण लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै सो व्यवस्था गरेको हो । यसअघि बैंकको संस्थापक सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था रहेको थियो ।

तर अब चुक्ता पुँजीको १ प्रतिशतभन्दा बढी सेयर रहेको साधारण सेयरधनी र ०.५ प्रतिशत संस्थापक सेयर भएका सेयरधनीले पनि उक्त बैंकबाट सम्पत्ति धितो राखी ऋण लिन नपाउने भएका हुन् ।

राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ, ‘इजाजतपत्रप्राप्त संस्थाको चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी, एक प्रतिशत वा सोभन्दा बढी सेयर लिएका सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न पाइने छैन । ’

त्यस्ता सेयर धनी वा सञ्चालकलगायतलाई शतप्रतिशत नगद मार्जिनमा जमानत जारी गर्न, सम्बन्धित संस्थाले तोकेको सीमासम्मको क्रेडिट कार्ड सुविधा प्रदान गर्न, बैंकहरुको आफ्नै मुद्दती रसिद तथा नेपाल सरकार र नेपाल राष्ट्र बैंक ऋणपत्रको धितोमा कर्जा प्रदान गर्न भने बाधा नपर्ने केन्द्रीय बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्