शोधनान्तर स्थिति र चालु खाता बचतमा « Arthapath.com
३० आश्विन २०८१, बुधबार

शोधनान्तर स्थिति र चालु खाता बचतमा



काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामै शोधनान्तर बचत १ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो २ महिनाको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले भदौ मसान्तमा भुक्तानी शोधनान्तर स्थिति (भुक्तानी सन्तुलन) १ खर्ब १ अर्ब ७७ करोडले बचतमा रहेको देखाएको हो ।

गत आव २०८०/८१ को सोही अवधिमा भुक्तानी सन्तुलन ५५ अर्ब १० करोडले बचतमा थियो । साउनमा ४० अर्ब ९० करोडले बचतमा रहेको शोधनान्तर स्थिति भदौमा ६० अर्बभन्दा बढीले वृद्धि भएको छ ।

यस्तै भदौसम्म चालु खाता बचत ४९ अर्ब ६९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत आव यही अवधिमा २३ अर्ब ९७ करोडले बचतमा रहेको चालु खातामा थप सुधार देखिएको छ ।

खुद पुँजीगत ट्रान्सफर १ अर्ब २० करोड कायम भएको र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) २ अर्ब ७१ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्ष सोही अवधिमा खुद पूँजीगत ट्रान्सफर ८५ करोड ८ लाख र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) ३ अर्ब थियो ।

आयात बढ्न नसकेको र उच्च दरमा रेमिट्यान्ससमा वृद्धि हुनुका साथै विद्युत् र सूचना प्रविधि सेवासमेत निर्यातले गर्दा शोधनान्तर स्थिति आर्थिक वर्षको सुरुवातबाट नै उल्लेख्य बचतमा देखिएको हो ।


प्रतिक्रिया दिनुहोस्