फाइनान्स कम्पनीहरूमा संस्थागत सुशासनको मुद्दा अझै छ जस्तो लाग्दैन: सीईओ थपलिया

नेपाल फाइनान्स कुनै समय समस्याग्रस्त भएको संस्था हो । २०७१ मङ्सिरमा नेपाल राष्ट्र बैंकले संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो । नेपालको पहिलो फाइनान्स कम्पनी नै संस्थागत सुशासनको भुमरीमा परेपछि नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त घोषण गरेको थियो ।
उक्त संस्थालाई २०७६ मङ्सिर २४ गते नेपाल राष्ट्र बैंकले सशर्त समस्याग्रस्त फुकुवा ग¥यो । समस्याग्रस्त फाइनान्सलाई ’रेस्क्यू’ गर्ने जिम्मेवारी सम्हाल्न आइपुगेका थिए उद्धव राज थपलिया । लामो समयदेखि बैंकिङ्ग क्षेत्रको अनुभवी उनलाई नेपाल फाइनान्सलाई समस्याग्रस्त अवस्थाबाट फर्काउन करिब १४ महिना लाग्यो । नेपाल वित्तीय संस्था सङ्घको महासचिवसमेत रहेका उनै थपलियासँग बैंकिंङ करियर, फाइनान्स कम्पनीका समस्यादेखि नेपाल फाइनान्सको समस्याग्रत अवस्थादेखि अहिले भएका सुधारका विषयमा रहेर कुराकानी गरेका छौँ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ः
बैंकिङ क्षेत्रमा आबद्ध हुनुभएको कति भयो ?
बैंकिङ क्षेत्रमा लागेको २० वर्ष भन्दा धेरै भयो । सिभिल बैकिङ एन्ड मर्चेन्ट फाइनान्सबाट करियर सुरु गरेको हुँ । त्यसपछि किस्ट मर्चेन्ट एन्ड बैंकिङ फाइनान्समा आबद्ध भए । त्यहाँ करिब साढे १० वर्ष बसेपछि प्रभु बैंकमा गएँ । करिब डेढ वर्ष प्रभु बैंकमा काम गरेपछि त्यसपछि जनरल फाइनान्समा काम गएँ । जनरल फाइनान्सलाई वेस्ट फाइनान्सको नाममा परिवर्तन गरिएको थियो । जनरल फाइनान्स समस्याग्रस्त थियो । सिनर्जी फाइनान्सलाई अक्वायर ग¥यौँ । नाम परिवर्तन गरेर वेस्ट फाइनान्स बनायौँ । वेस्ट फाइनान्स ले सिनर्जी फाइनान्स लाई एक्वायर
गरेपछि मैँले वेस्ट फाइनान्स छाडे र म नेपाल फाइनान्स आएको हु । म यहाँ आएको लगभग ६ वर्ष भयो । समस्याग्रस्त अवस्थाबाट फर्काउन १४ महिना लाग्यो । सुरुमा त ३/४ महिना समस्याग्रस्त अवस्थाबाट फुकुवा गर्न सकिन्छ होला भन्ने मानसिकतामा म यहाँ आएको तर सोचे जस्तो सहज भएन करिब १४ महिनाको प्रयासमा सफल भएको हो ।
नेपाल फाइनान्स के कारणले समस्यामा परेको थियो ?
संस्थागत सुशासनको कमी तथा दक्ष कर्मचारीको अभावमा सही कार्य सम्पादन हुन नसक्दा नेपाल फाइनान्स समस्याग्रस्त बनेको थियो । कर्जा प्रवाहमा भएको कमजोरीका कारण खराब कर्जाको मात्रा उल्लेख्य रूपमा बढेको थियो । क्यापिटल एडुकेसी माइनसमा गयो । निक्षेपकर्ता आफ्नो बचत फिर्ता लिन आए । संस्थाप्रति विश्वासको सङ्कट पैदा भयो । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा ग¥यो ।
अहिले फाइनान्स कम्पनीहरू कमजोर बनेका हुन् ?
फाइनान्स कम्पनीहरू कमजोर हैन विगतका अनुभवहरू तथा नेपाल राष्ट्र बैंकको निर्देशनहरूको पालना असल बैंकिङ अभ्यासको अनुपालना आदिका कारण फाइनान्सहरू थप बलियो बन्दै गइरहेको अवस्था छ । हाल अर्थतन्त्रमा आएको मन्दीका कारण समग्र बैकिङ प्रणालीमै केही समस्या छ । राष्ट्र बैंकको निर्देशन बमोजिम जुन जुन क्षेत्रमा कर्जा तिर्नुपर्छ भनिएको थियो त्यो त्यो क्षेत्रमा हामीले कर्जा प्रवाह गरेको हो वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले पनि । तर अहिले त्यहीँ सेक्टरलाई नै समस्या प¥यो । आर्थिक मन्दीका कारणले गर्दा जुन जुन सेक्टरमा कर्जा दिएका थियौँ त्यहीँ सेक्टर नै समस्यामा परे । आर्थिक समस्याका कारण उनीहरूले समयमै तिर्न सकेनन् । बजार नै मन्दीको अवस्थामा छ । बल्ल अलिअलि रिकभर हुन्छ कि भन्ने अवस्थामा छ । रियल सेक्टरहरू अलिक मुभमेन्टमा आयो भने अलि सहज होला कि भन्ने अपेक्षा छ । यो चेन इफेक्ट हो नि । सहकारीहरूमा जुन समस्या छ त्यसले सबैलाई चेनमा पा¥यो । आर्थिक मन्दीको चेन ‘इफेक्ट’ हामीले पनि भोग्नु परेको अवस्था हो । यो प्रभाव समग्र वित्तीय क्षेत्रमा नै छ ।
विगतमा पनि फाइनान्स कम्पनीहरू संस्थागत सुशासनकै कारण बिग्रिए । अहिले पनि फाइनान्स कम्पनीहरूमा तुलनात्मक रूपमा संस्थागत सुशासनकै समस्या देखिन्छ भनिन्छ । यस्तो किन हुन्छ ?
त्यस्तो छैन । बाहिरबाट हेर्दा मात्र त्यस्तो लाग्ने हो । संस्थागत सुशासनमा फाइनान्स कम्पनीहरूले पनि राम्रो काम गरिरहेका छन् । राष्ट्र बैंकको नीति नियमहरू पालना गरेकै हुन्छ । सानो पोर्टफोलियो हुन्छ । त्यसैले सहजै देखिन्छ । वाणिज्य बैंक र विकास बैंकहरूमा नदेखिन सक्छ । तर फाइनान्स कम्पनीहरूमा संस्थागत सुशासनको मुद्दा छ जस्तो लाग्दैन । कुनै कुनैमा हुन सक्ला तर समग्रमा फाइनान्स कम्पनीहरूले राम्रै गरिरहेका छन् जस्तो लाग्छ ।
वाणिज्य बैंक र विकास बैंकको तुलनामा फाइनान्स कम्पनीले कमसल धितोमै कर्जा प्रवाह गरिन्छ भन्ने सुनिन्छ । यसमा सत्यता छ ?
त्यस्तो पनि होइन । कर्जा लगानी गर्ने संयन्त्र हुन्छ । राष्ट्र बैंकले क्षेत्र तोकिदिएको छ । मूल्याकनकर्ताले मूल्याङ्कन गर्छ । एउटा प्रक्रिया नै हुन्छ नि । वाणिज्य बैंकमा भन्दा पनि फाइनान्स कम्पनीको क्रेडिट क्वालिटी धितो बेसमा हुन्छ । वाणिज्य बैंकमा प्रोजेक्ट बेस लोन पनि दिन्छ । त्यहाँ धितो चाहिँदैन । तर फाइनान्स कम्पनीहरूमा प्राय धितो बिना कर्जा प्रवाह हुँदैन । यहाँ फाइनान्समा कमसल धितोमा कर्जा दिन्छ भन्ने भ्रम पैदा भएको छ । विगतमा फाइनान्स कम्पनीहरू धेरै नै समस्याग्रस्त भए ।
त्यति बेला फाइनान्सहरू समस्याग्रस्त बन्नुमा संस्थागत सुशासनकै कमी हो । त्यहाँ बस्ने तत्कालीन व्यवस्थापन तहका व्यक्तिहरू, सेयर होल्डर अथवा सञ्चालक समितिका व्यक्तिहरूका केही स्वार्थ र राष्ट्र बैंकबाट जारी गरिएको निर्देशनहरू पालनाको अभाव , असल बैङ्किङको अभ्यासको कमी दक्ष जनशक्तिको अभाव लगायतका कारण पनि समस्यामा परेका हुन् जस्तो लाग्छ जुन कुरा हाल आएर सुधारमा आइसकेको छ , व्यवसायको आकारमा पनि बृद्धिनै देखिन्छ ।
नेपाल फाइनान्समा तपाईँ आइसकेपछि यसका खास समस्याहरू के रहेछन् ?
कर्जा केन्द्रीकरण नै देखियो । एउटै समूहमा धेरै कर्जा लगानी गरेको अवस्था थियो । त्यो समूह समस्यामा पर्ने बित्तिकै पैसा उठाउन सकेन र त्यसको असर फाइनान्समा देखियो । कर्जाको सुरक्षणमा रहेको धितोहरू त्यसलाई लिलामी गर्न तथा सेटलमेन्ट गर्न समय लाग्यो । त्यो समस्या समाधान गर्नका लागि नै ३/४ वर्ष लाग्यो । हाल आएर त्यस बेलाका धेरै कर्जा उठिसक्यो । अझै पनि १४÷१५ करोड बाँकी नै छ । हामीले बिचमा ललितपुर फाइनान्स लाई एक्वायर गर्यौ त्यस बखत ललितपुरलाई एक्वायर गर्दा ४४ करोड जति सञ्चिति नोक्सानीमा थियो । खराब कर्जा शत प्रतिशत थियो । सञ्चिति नोक्सानी घटाउँदै १९÷२० करोडमा ल्याउन सफल भएका छौँ र खराब कर्जा अनुपात करिब ७.५ प्रतिशतमा ल्याउन सफल भएका छौ ।
म आउँदा शतप्रतिशत खराब कर्जा अनुपात थियो । त्यसलाई घटाएर अहिले झन्डै साढे सात प्रतिशतको रेसियोमा झार्न सफल भएका छौँ । निक्षेप र कर्जा बढेको छ । खराब कर्जा एकै समूह अन्तर्गत रहेको छ । त्यो पनि रकममा हेर्ने हो भने करिब १३ करोड जतिको छ जुन सेटल हुने प्रक्रियामा छ ।
नेपाल फाइनान्सले सेयर होल्डरलाई कहिले ‘रिटर्न’ दिन सक्छ ?
मैले अघि पनि भने ब्लकमा बसेको कर्जा सेटलमेन्ट हुने बित्तिकै सहज अवस्थामा पुगिहाल्छौँ । त्यसपछि प्रतिफल दिन सक्ने अवस्थामा पुग्छौँ । सेटलमेन्ट नहुँदासम्म अलिक अप्ठ्यारो हो । त्यो सेटलमेन्ट नै भएन भने पनि २ वर्षको अवधिमा हामी राम्रो रिटर्न दिन सक्ने अवस्थामा पुग्छौँ ।
अहिले फाइनान्स कम्पनीहरू सहर केन्द्रित भए भन्ने आरोप लाग्ने गर्छ । के हो खास कुरा ?
त्यस्तो होइन । हामी हरेक ठाउँमा छौँ । फाइनान्स कम्पनीहरूको मार्केट सेयर नै २ देखि ३ प्रतिशत हो । हामीसँग २२२ वटा जति शाखा सञ्जाल छन् फाइनान्स कम्पनीका । सातै प्रदेशमा पुगेको अवस्था छ । बिजनेस पोर्टफोलियो सानो हुँदा चुनौती भएको चाहिँ छ । दिगो नहुने क्षेत्रमा हामी जान सकेका छैनौ । हामी सबै सेक्टरमा सबै क्षेत्रमा पुगेका छौँ ।
नेपाल फाइनान्सको दायरा कहाँसम्म पुगेको छ ?
नेपाल फाइनान्स धेरै ठाउँमा पुग्न सकेको छैन । किनभने हामी समस्याग्रस्त अवस्थाबाट बिस्तारै स–सानो बाट माथि उठ्दै छौ । हामी पनि कुनै पनि वित्तीय संस्था नपुगेको ठाउँमा पुगेका छौँ । जनकपुरको धनुषा धाम पुगेका छौँ । जनकपुरमा बढी व्यवसाय हुन्थ्यो तर धनुषा धाममा वित्तीय संस्था नपुगेको भएर त्यहाँ पुगेका छौँ । पोखरामा पनि हामीले बजारमै नखोलेर भुजुङ खोला भन्ने ठाउँमा खोलेका छौँ । गोरखाको पालुङ्गटारमा पनि खोलेका छौँ । त्यहाँ वाणिज्य बैंक र विकास बैंक छन् । तर फाइनान्स कम्पनी छैन । हामीले धेरै ठाउँ समेट्न बाँकी छ । हाम्रो शाखा सञ्जाल नै जम्मा १२ वटा छ । क्रमिक रूपमा सबै गएको स्थानमा भन्दा पनि नयाँ ठाउँ जहाँ हामीलाई व्यवसाय बिस्तार तथा ग्राहकहरूलाई सेवा प्रवाह गर्न सहज हुन्छ त्यहाँ हामी शाखा सञ्जाल बिस्तार गर्ने रणनीति बनाएका छौ ।
फाइनान्स कम्पनीहरूको आवश्यकता घटेको हो ? अहिले सरकारी मातहत पनि फाइनान्स आवश्यकता नभएको जस्तो व्यवहार गरिरहेका छन् नि ?
नीति नियम बनाउँदा भेदभाव छ । हामीलाई सरकारी संस्थानहरूले डिपोजिट दिँदैनन् । तर फाइनान्स कम्पनी चाहिँदैन भन्ने देखिँदैन । किनभने पहिले करिब ९० वटा फाइनान्स थिए । अहिले घटेर १५ वटामा आएको छ । तर २ वटा अझै पनि समस्याग्रस्त छन् । १५ वटा सञ्चालनमा छन् । यति चाहिँ चाहिन्छ । किनभने हाम्रो कस्टमर सेग्मेन्ट नै फरक छ । हामी वाणिज्य बैंक र विकास बैंकले चिन्न नसकेका भुईँ मान्छेलाई समेट्छौँ । हामीले नै बैंकिङ सिकाउने हो । अलि राम्रो भएपछि अरू बैंकले तान्ने हो ।
नेपाल फाइनान्सको आगामी रणनीति के छ ?
दिगो व्यवसाय नै हाम्रो आगामी लक्ष्य हो । संस्थाको शाखा सञ्जाल अलि बढाउने, सञ्चिति नोक्सान घटाएर नाफामा वृद्धि गर्ने, खराब कर्जा घटाउने, स–साना डिपोजिट कलेक्सन गर्ने र स–साना ऋण दिने । समग्रमा दिगो व्यवसाय वृद्धि गर्ने र सम्पूर्ण अनुपालनाको पालन गरी एक सबल र सक्षम वित्तीय संस्थाको रूपमा आफूलाई स्थापित गराउने ।