प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकको २५ लाख सहयोग « Arthapath.com
५ कार्तिक २०८१, सोमबार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकको २५ लाख सहयोग



काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकले आर्थिक सहयोग गरेको छ ।

विगत केही समय अगाडी आएको बाढीपहिरो र डूबानबाट प्रभावित तथा पिडितहरुलाई सहयोग पुर्याउन बैंकले २५ लाख रुपैंया सहायता स्वरुप प्रदान गरेको हो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार २५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा बैंक व्यवस्थापनका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्