नेपाल बैंक र एएसजी आईकेयर हेल्थ सर्भिसविच बीच सम्झौता

काठमाडौं । नेपाल बैंक एएसजी आईकेयर हेल्थ सर्भिसविच बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई सेवा शुल्कमा विषेस छुट दिने सम्झौता भएको छ ।
नयाँ बानेश्वरमा रहेको एएसजी आईकेयर हेल्थ सर्भिस प्रालिले नेपाल बैंकमा अवद्ध कर्मचारी तथा ग्रहाकको उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्वन्धी सम्झौता भएको हो ।
सो सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरुलाई र बैंकमा खाता रहेका ग्राहकहरुलाई क्लिनिक को विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा बिल रकमको १० प्रतिशत देखि ५० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र एएसजी आईकेयर हेल्थ सर्भिसको तर्फबाट बजारीकरण प्रबन्धक सन्जीब कुमार ठाकुर ले हस्ताक्षर गरे ।
यस सम्झौताले नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले क्लिनिकबाट प्रदान गरिने आँखा सर्जरी, माइनर इन्भेष्टिकेसन, अप्टिकल लेन्स, फ्रेम तथा ट्रिटमेन्ट जस्ता आँखा सम्बन्धिसंग सम्बन्धित स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।