निफ्राले बनायो सेयरधनी निराश, यो वर्ष लाभांश नबाँड्ने निर्णय

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सेयरधनीको हात रित्तो बनाएको छ । यो वर्ष बैंकले आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको हो ।
कात्तिक १३ गते मंगलबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट यो वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत आवको वितरणयोग्य नाफा बैंकको वित्तीय अवस्था थप सुदृढ र सवलीकरण गर्दै लैजाने उद्देश्यले संचित गर्ने भएको हो । गत आवमा बैंकको खुद नाफा १ अर्ब ३२ करोड ९८ लाख ४० हजार रुपैयाँ रहेको छ । यता, वितरणयोग्य मुनाफा भने ७६ करोड ९५ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।