लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?



काठमाडौं । ग्लोबल आइएमई बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको १८औँ साधारणसभा आगामी मंसिर २७ गते, बिहीबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँबिहान १० बजे शुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्नेछ।

बैंकले उक्त आर्थिक वर्षका लाइ हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी गराउने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्