माछापुच्छ्रे बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंकले ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख २५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।