काठमाडौँमा आयोजना हुँदै निष्क्रिय कर्जा ब्यबस्थापन सम्बन्धि सम्मेलन

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरु इतिहासकै खराबमध्येको एक आर्थिक हालतसँग जुधिरहेका बेला निष्कृय कर्जा व्यवस्थापनसम्बन्धी सम्मेलन हुने भएको छ ।
काठमाडौं फिन्टेकको आयोजनामा एक दिने सम्मेलन आगामी माघ १३ गते काठमाडौमा हुन लागेहो हो । सम्मेलनमा बैंक अफ बरोडाका पूर्व रिकभरी ब्यवस्थापक एवम् भारतीय ऋण असुली न्यायाधिकरणका पूर्व न्यायाधीश रमेशकुमार महालियनले कार्यपत्र प्रस्तुत गर्ने छन् ।
कार्र्यक्रममा अग्रज र अनुभवी नेपाली बैँकिङ बिज्ञहरु पर्शुराम कुँवर क्षेत्री, अजय श्रेष्ठ, प्रद्युमन पोखरेल र मनोज ज्ञवाली प्यानलिस्टको रुपमा रहने छन् । यसका साथै नेपाल सरकारका पूर्व अर्थसचिव एवम् आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष रामेश्वोर खनाललाई पनि कार्यक्रमका दौरान सुन्न सकिने भएको छ ।
निष्क्रिय कर्जाको ब्यबस्थापनमा प्रविधि प्रयोगका सम्बन्धमा पनि कार्यक्रमका दौरान छलफल हुने काठमाडौं फिन्टेकका संस्थापक सञ्जीव सुब्बाले जानकारी दिए । पछिल्लो समय नेपालमा निष्कृय कर्जाको दर बढ्दै गएको र निकट भविष्यमा यस्तो दर स्वाभाविक नियन्त्रण रेखाभन्दा माथि पुग्नसक्ने अनुमानहरु सार्वजनिक भइरहेका बेला काठमाडौँमा यस प्रकारको कार्यक्रम आयोजना हुन लागेको हो ।
यस कार्यक्रमले बैंक तथा वित्तीय संस्थामा मूलतः कर्जा तथा अशूली विभागका कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न सहयोगी हुने अपेक्षा आयोजकको छ । अहिले धितो लिलामी समेत नहुने र ऋण पनि फिर्ता नहुने दोहोरो मारबाट नेपाली बैंकिङलाई जोगाउने अनेक उपायहरुको खोजि भइरहेको छ ।
यही सिलसिलामा आयोजना हुने कार्यक्रमले वित्तीय प्रणालीलाई विद्यमान जोखिमहरुबाट कसरी जोगाएर सुरक्षित अवतरण गर्ने भन्ने नवीन सोच तथा तौरतरिकाको खोजि गर्न सघाउ गर्ने छ ।
