बैंकहरुको नयाँ ब्याजदर, चैत महिनाका लागि कसले कति तोके ?

काठमाडौं । वाणिज्य बैंकहरुको आगामी चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
अधिकांश बैंकहरुले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । चैत महिनाका लागि १३ वटा बैंकहरुले अघिल्लै महिनाको ब्याजदरलाई निरन्तरता दिएका हुन् ।
चैत महिनाका लागि हिमालयन बैंक र सिटिजन्स बैंकले भने घटाएका छन् । चैत महिनाका लागि हिमालयनले व्यक्तिगत मुद्दति निक्षेप तर्फ ५.५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।
यता, सिटिजन्स बैंकले पनि व्यक्तिगत तर्फ ५.६५ प्रतिशत र संस्थागत ४ प्रतिशत तोकेको छ । फागुनको तुलनामा कुमारी बैंकले भने बढाएको छ । बैंकले फागुनमा व्यक्तिगत तर्फ ५.९१ प्रतिशत र संस्थागत तर्फ ४.९१ प्रतिशत ब्याजदर तोकेको थियो । तर, चैतमा भने क्रमशः ६.०१ प्रतिशत र ५.०१ प्रतिशत ब्याजदर तोकेको छ ।
यस्तै, एनएमबि र एनआइसी एशिया बैंकले पनि चैत महिनाका लागि व्यक्तिगत तर्फ ६.६ प्रतिशत र संस्थागत तर्फ ५.६ प्रतिशत ब्याज दिने भएका छन् । फागुनमा पनि सोही ब्याजदर कायम भएको छ ।
यता, प्राइम कमर्सियल बैंकले पनि चैत महिनाका लागि व्यक्तिगत तर्फ ६.२५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत, प्रभूले व्यक्तिगत तर्फ ६.१ प्रतिशत र संस्थागत तर्फ ५.१ प्रतिशत, सानिमाले व्यक्तिगततर्फ ६.०५ प्रतिशत र संस्थागत तर्फ ४.३ प्रतिशत ब्याजदर तोकेका छन् ।
यता, ग्लोलब आइएमइ, माछापुच्छ्रे, सिद्धार्थ, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकले चैत महिनामा व्यक्तिगत मुद्दति तर्फ भने ६–६ प्रतिशत ब्याजदर तोकेका छन् । तर, संस्थागत मुद्दति तर्फ भने क्रमशः ४.५ प्रतिशत, ४ प्रतिशत, ५ प्रतिशत, ५ प्रतिशत र ३.५ प्रतिशत निर्धारण गरेका छन् ।
त्यसैगरि कृषि विकास बैंकले व्यक्तिगत तर्फ ५.५१ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । यता, नेपाल एसबिआई र नेपाल बैंकले व्यक्तिगत मुद्दतिमा ५.५ प्रतिशत दिने भएका छन् । तर, संस्थागत तर्फ भने क्रमशः ४.५ प्रतिशत र ४.१५ प्रतिशत ब्याज दिने भएका छन् । यी बैंकहरुले फागुन महिनामा पनि सोही ब्याजदर कायम गरेका थिए ।