५ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा,स्ट्याण्डर्ड चाटर्डलाई १४ करोड ८५ लाख जरिवाना « Arthapath.com
१८ बैशाख २०८२, बिहीबार

५ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा,स्ट्याण्डर्ड चाटर्डलाई १४ करोड ८५ लाख जरिवाना



काठमाडाैं। ५ वाणिज्य बैंकहरू नेपाल राष्ट्र बैंककाे कारवाहिमा परेका छन् ।आर्थिक वर्ष २०८१\८२ को तेस्रो त्रैमासमा राष्ट्र बैंककाे नियामकिय व्यवस्था उलंघन गर्ने वाणिज्य बैंकहरूलाई कारवाहि गरिएकाे हाे ।

कारबाहीमा पर्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

यी मध्ये राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक र लक्ष्मी सनराइज बैंकका सीईओलाई नीति निर्देशन पालन गर्न सचेत गराइएको छ भने नेपाल बैंकका सीईओलाई सचेत गराउँदै ५ लाख जरिवाना गरिएकाे छ ।

यस्तै आव २०८१–८२ को दोस्रो त्रैमासमा तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्नु पर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गर्ने स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हनार ५ सय ६६.८७ रुपियाँ जरिवाना गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।


प्रतिक्रिया दिनुहोस्