मुक्तिनाथ विकास बैंकबाटै ग्राहकले टेलर क्युआर मार्फत नगद झिक्न सकिने  « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

मुक्तिनाथ विकास बैंकबाटै ग्राहकले टेलर क्युआर मार्फत नगद झिक्न सकिने 



काठमाडौँ । मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्नको लागि अन्तर बैंक टेलर क्युआर सेवा सुरुवात गरेको छ । 

यस सेवा अन्तर्गत ग्राहकहरूले कुनै पनि बैंकको मोबाइल बैंकिङ्ग एपको प्रयोग गरी मुक्तिनाथ विकास बैंकको टेलरमा भएको क्युआर स्क्यान गरी सजिलै नगद झिक्न सक्नेछन् । 

यस सेवाको सुरुवातबाट ग्राहकहरूले परम्परागत रूपमा चेक तथा एटिएमको प्रयोग मार्फत रकम झिक्नुपर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्ने छ । यस सेवा बैंकमा खाता नभएका तर अन्य बैंकमा खाता भएका ग्राहकले पनि उपयोग गर्न सक्नेछन् । 

यो सेवा प्रथम चरणमा बैंकको मुख्य शाखा लाजिम्पाट, पोखराको नागढुङ्गा, कोहलपुर, इटहरी, नारायणगढ र कमलादी शाखा कार्यालयबाट सुरुगरी निकट भविष्यमा देश भरीकै शाखामा बिस्तार गरिनेछ । 

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिजा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकका एटिएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ । 

बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याउनुको साथै अन्तर्देशीय क्युआर भुक्तानी सेवा पनि सञ्चालनमा ल्याएको छ । 

मोबाइल बैंकिङ्ग, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिटेन्स जम्मा लगायतका अन्य कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्