किन्ने होइन त प्रभू बैंकको २ लाख ७८ हजार कित्ता सेयर ? « Arthapath.com
५ असार २०८२, बिहीबार

किन्ने होइन त प्रभू बैंकको २ लाख ७८ हजार कित्ता सेयर ?



काठमाडौं । प्रभु बैंकले संस्थापक बिक्री गर्ने भएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ७८ हजार २०६ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आजैका मिति (असार ५ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा पेश गर्नु पर्ने बैंकले जनाएको छ ।

तोकिएको उक्त अवधिभित्र संस्थापक सेयरधनीको आवेदन नपरेको खण्डमा भने कानुन बमोजिम अन्य व्यक्ति वा संस्थामा बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्