३ कठ्ठा जग्गा खरिद गर्दै लक्ष्मी सनराइज बैंक

काठमाडौं । लक्ष्मी सनराइज बैंकले जग्गा खरिद गर्ने भएको छ । बैंकले सडक विस्तार योजनामा नपर्ने संरचनासहित वा खाली जग्गा किन्ने भएको हो ।
कम्पनीले पर्सा, वीरगंज महानगरपालिका–१०, आर्दशनगर (बैंकको वीरगंज शाखा कार्यालय रहेको स्थान) बाट बढीमा ५०० मिटर दुरी भित्र जग्गा आवश्यक रहेको जनाएको छ । सो क्षेत्रमा १ देखि ३ कठ्ठा जग्गा खरिद गर्न लागेको हो ।
जग्गा बिक्री गर्न इच्छुक जग्गाधनीले प्रस्तावित मूल्य र आवश्यक कागजातसहित २१ दिनभित्र बैंकको केन्द्रिय कार्यालय हात्तिसार स्थित सामान्य श्रोत तथा सम्पत्ति व्यवस्थापन विभागमा अथवा वीरगंज शाखामा पेश गर्नुपर्नेछ ।