नेपाल एसबिआई बैंकको भव्य रुपमा मनायो ३२औं वार्षिकोत्सव, दिगो भविष्यतर्फ अग्रसर « Arthapath.com
२४ असार २०८२, मंगलबार

नेपाल एसबिआई बैंकको भव्य रुपमा मनायो ३२औं वार्षिकोत्सव, दिगो भविष्यतर्फ अग्रसर



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३२औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ ।

सोही अवसरमा सपथ ग्रहण समारोहको आयोजना गरी आफ्ना सबै कर्मचारीहरूलाई बैंकप्रतिको जिम्मेवारी र प्रतिबद्धता व्यक्त गर्न आग्रह गरेको छ ।

कार्यक्रममा प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले बैंकले हासिल गरेका उपलब्धिहरूमा प्रकाश पार्दै दिगो प्रगतिको लागि व्यक्तिगत जिम्मेवारी महत्वपूर्ण रहेको बताए । उनले सबै कर्मचारीलाई अझ सक्रिय भएर काम गर्न प्रेरित गरे ।

कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्दले बैंकको सफलतामा कर्मचारीहरूको योगदानको प्रशंसा गर्दै निरन्तर योगदानका लागि अनुरोध गरे । प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडाले कार्यक्रममा सहभागी सबै सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरे ।

वार्षिकोत्सवकै अवसरमा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौैंको कमलादीस्थित कर्पोरेट कार्यालय र देशभरका सबै प्रदेश कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न ग¥यो। साथै, रूपन्देही भैरहवामा फरक क्षमता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण गर्ने कार्यक्रम पनि सफलतापूर्वक संचालन गरिएको थियो ।

बैंकको दीर्घकालीन विकास र सामाजिक उत्तरदायित्वमा निरन्तर योगदानले आगामी दिनहरूमा पनि यसको सफलतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

हालै सञ्चालनमा आएको बेलबारी शाखा, मोरङसहित बैंकसँग १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखाहीन बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।


प्रतिक्रिया दिनुहोस्