सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न लागेको हो ? « Arthapath.com
२४ असार २०८२, मंगलबार

सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न लागेको हो ?



काठमाडौं । राष्ट्र बैंकले सहकारीका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्ने भएको छ । आइतबार केन्द्रीय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष आर्थिक वर्ष २०८०/८१ मा यस्तो व्यवस्था गर्न लागेको हो ।

सरकारको बजेटमा उल्लेख भएबमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गरिने राष्ट्र बैंकले जनाएको छ।

पछिल्लो समय देशभरका सहकारी संकटमा छन् । अधिकांश सहकारी संस्थाहरू बचतकर्ताको रकम फिर्ता गर्न सकिरहेका छैनन् । यस्तो अवस्थामा राष्ट्र बैंकले सहकारी नियमन गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।


प्रतिक्रिया दिनुहोस्