सहकारी पीडितलाई सम्पर्कमा आउन सिआइबीको अनुरोध « Arthapath.com
२२ असार २०८२, आईतबार

सहकारी पीडितलाई सम्पर्कमा आउन सिआइबीको अनुरोध



काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सहकारी पीडितहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ। ललितपुर जिल्लास्थित देउराली बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना प्रकरणमा पीडितहरूलाई सम्पर्कमा आउन भनेको हो ।

संस्थाकै अध्यक्षसहित पदाधिकारीहरूले नै रकम हिनामिना गरेको जाहेरीका आधारमा प्रहरीले उक्त सहकारीका अध्यक्ष काभ्रेपलाञ्चोकनिवासी रवीन्द्र चौलागाईंलाई पक्राउ गरेपछि आफ्नो रकम हिनामिना भएको भए व्यहोरा उल्लेख गरी उजुरी दिन सिआइबीले बचतकर्तामा अनुरोध गरेको हो।

बचत गरिएको रकमको साँवा र ब्याज फिर्ता नदिई हिनामिना गरेपछि पीडितहरू प्रहरीमा आइपुगेका थिए।


प्रतिक्रिया दिनुहोस्