समस्याग्रस्त घोषणा भएको कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका संचालकलाई पक्राउ गरेको छ।
कार्यालयले सहकारी संस्थाका अध्यक्षसहित चार जना सञ्चालक पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष तेजविक्रम थापासहित अन्य सञ्चालकहरुलाई पक्राउ गरेको हो ।
कार्यालयका अनुसार सहकारीका अध्यक्ष तेज विक्रम थापा, संचालक सजना राजकर्णिकार, भिमसेन महर्जन र सञ्जय सापकोटा पक्राउ परेका हुन् । उक्त सहकारीलाई गत माघमै सरकारले समस्याग्रस्त घोषणा गरेका थियो । झन्डै साढे दुई हजार बचतकर्ताहरु रहेको सहकारीका सञ्चालकबाट दुई अर्ब ८२ करोड २७ लाख रुपैयाँ अपचलन भएको बताइएको छ।