लालीगुराँस सहकारी ठगी प्रकरणः अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं । ललितपुरको पुल्चोक स्थित लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीले बचतकर्ताहरुको बचत ठगी गरेको आरोप लागेका सो सहकारीका अध्यक्षसहित ४ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले जनाएको छ।
आइतबार पत्रकार सम्मेलन गर्दै वचतकर्ताहरुको वचत ठगी गरेको आरोपमा लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सहकारी संस्थाका सञ्चालक र लेखासमिति बिरुद्ध ३ करोड रकम ठगी गरेको आरोप छ ।
पक्राउ परेका अध्यक्षसहित पदाधिकारीमा माथि गत चैत १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी सम्बन्धी कसुरमा मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ । सोही मितिदेखि अनुसन्धान सुरु भएको थियो । तर, सहकारीका अध्यक्ष तथा अन्य सदस्यहरु फरार रहेका थिए ।
तर, कार्यालयबाट खटिएको टोलीले असार १४ गते शुक्रबार काठमाडौंका विभिन्न स्थानबाट चार जनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। सहकारीका संचालक तथा व्यवस्थापकहरुलाई पक्राउ गरि थप आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।