सहकारी ठगी प्रकरणः जीवि राइसहित विदेशमा लुकेका १८ जनालाई स्वदेश झिकाउन निर्देशन
काठमाडौं । सहकारीको रकम अपचलन गरी विदेश फरार व्यक्तिलाई स्वदेश फर्काउन सहकारी छानबिन संसदीय समितिले दिर्नेशन दिएको छ ।
सोमबार बसेको समितिको बैठकले गृह मन्त्री रमेश लेखकसँग सहकारी समस्याका विषयमा छलफल गरेको थियो । सोही बैठकले सहकारीको रकम हिनामिना गरि विदेश लुकेका १८ जनालाई स्वदेश फर्काउन निर्देशन दिइएको हो ।
सहकारीको रकम अपचलनमा संलग्न आरोपी रहेका जीबी राई, सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसी लगायतलाई नेपाल झिकाउन समितिले गहृमन्त्रीलाई निर्देशन दिएको हो ।
यस्तै समितिले सुमेरु सहकारीको रकम अपचलनमा संलग्न भरत महर्जन, माजमाया महर्जन, सचिन महर्जन र सरला महर्जनलाई समेत सम्पर्कमा ल्याउन निर्देशन दिएको हो ।
यता, शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र छेदा नेपाली, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई स्वदेश फर्काउन निर्देशन दिएको छ ।