इमेज सहकारी ठगी प्रकरणः रेड नोटिस जारी भएको आठ महिनापछि भेटिए नेपाली « Arthapath.com
११ आश्विन २०८१, शुक्रबार

इमेज सहकारी ठगी प्रकरणः रेड नोटिस जारी भएको आठ महिनापछि भेटिए नेपाली



काठमाडौं । रेड नोटिस जारी भएको आठ महिनापछि बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देव कुमारी नेपाली पक्राउ परेका छन् ।

इमेज बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन गरि नेपाली फरार रहेका थिए । तर, शुक्रबार भारतको नयाँ दिल्लीबाट उनी पक्राउ परेका हुन् ।

इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । उनीमाथि बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरेको आरोप छ । सहकारी ठगीमा जोडिएपछि लामो समय उनी फरार थिए ।

नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

गत २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो । सहकारीमा झन्डै २ अर्ब रकम हिनामिना गरेको आरोप नेपाली माथि छ ।


प्रतिक्रिया दिनुहोस्