मितेरी सहकारीमा १४ करोड ठगी, कम्बोडियाबाट पक्राउ परे भण्डारी

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट १४ करोड रुपैयाँ बढी ठगी गरी फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरेको छ ।
प्रहरीको विशेष टोलीले ४२ वर्षीय भण्डारीलाई पक्राउ गरी बुधबार राति नेपाल ल्याएको हो ।
भण्डारीले तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत ठगी रकम लिएर विदेशमा लुक्दै आएका थिए । प्रहरीले उनलाई पक्राउ गर्न गत कात्तिक १३ गते रेड नोटिस जारी गरेको थियो ।
भण्डारीले कास्की र बर्दियाबाट बेग्लाबेग्लै नागरिकता लिएर दुई राहदानी बनाएको, अन्यको विवरण परिवर्तन गरी कीर्ते नागरिकता तथा राहदानी प्रयोग गरेको समेत खुलेको छ ।