सिटिजन्स बैंकको ७ हजार ३९४ कित्ता संस्थापक शेयर बिक्रीमा « Arthapath.com
६ बैशाख २०७९, मंगलवार

सिटिजन्स बैंकको ७ हजार ३९४ कित्ता संस्थापक शेयर बिक्रीमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ७ हजार ३९४ दशमलव २१ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १४५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन पेश गर्ने सक्नेछन् ।

बैंकका संस्थापक शेयरधनी करुण सिंह ठकुरी मल्लले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित गरेको मिति (चैत ६ गते) ले ३५ बैंकका प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा बैंकहरुलाई जारी गरेको निर्देशन तथा अन्य प्रचलित कानुन बमोजिम उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्