गरिमा विकास बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केवलकारमा १० प्रतिशत छुट

काठमाडौं । गरिमा विकास बैंकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबलकारमा आकर्षक छुट पाउने भएका छन् । नेपालकै पर्यटकिय स्थल पोखराको फेवाताल देखि सराङ्कोटसम्म हालसालै सञ्चालनमा आएको अन्नपूर्ण केवलकारमा आकर्षक छुट सम्बन्धि सम्झौता भएको हो ।
सम्झौता अनुरुप, यस विकास बैंकको मोबाईल बैकिङ्ग तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरुले केवलकारको टिकट मूल्यमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
हाल, गरिमा विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।