लुम्बिनी विकास बैंकले एकै साथ थप नयाँ दुई शाखा कार्यालय संचालनमा « Arthapath.com
१८ असार २०८२, बुधबार

लुम्बिनी विकास बैंकले एकै साथ थप नयाँ दुई शाखा कार्यालय संचालनमा



काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले शाखा बिस्तारमा तिब्रता दिदै आइरहेको छ । बैंकले देशका बिभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुयाउने उद्देश्यले बैशाख २१ गते देखि थप दुई शाखाहरुको उद्घाटन गरेको हो ।

नयाँ खोलिएका शाखाहरुमा ८० औँ शाखाको रुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित कलंकी शाखा र ८१ औँ शाखाको रुपमा नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नं.२, स्थित बट्टारमा शुभारम्भ गरेको हो ।

कलंकी शाखाको उद्घाटन बिकास बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले र बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्मोग वाणिज्य सघंका अध्यक्ष तारा बहादुर काकीले संयुक्त रुपमा गरेका हुन ।

आज खोलिएको दुई शाखा सहित यस बिकास बैंकले देशको ७ वटै प्रदेशमा ८१ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा कपिलवस्तुको चन्द्रौटा,बर्दियाको ताराताल,कैलालीको लम्की र मसुरिया एवं कंचनपुरको बाणी समेत गरी थप ५ शाखा खोल्नको लागी तयारी गरेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस्