शाइन रेसुङ्गा डेभलपमेन्टको शेयरमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरमा आवेदन दिने आज (बैशाख २२ गते) अन्तिम दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको ४५ हजार ९९१ कित्ता शेयर बिक्री ल्याएको हो ।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन पेश गर्ने सकिनेछ ।
बैंकका संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै कम्पनीले खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भित्र कुनै पनि आवेदन नपरेपछि उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
सो शेयर खरिद गर्ने चाहने इच्छुक ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी बैशाख २२ गतेसम्म कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौंमा आवेदन दिन सकिनेछ ।