कामना सेवा विकास बैंकद्वारा सर्भिस बुथ हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले सर्भिस बुथ हस्तान्तरण गरेको छ ।
चैत्र २२ गते आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा बाँसवारी, काठमाडौं स्थित जुत्ता मेन्डरको लागि निर्माण गरिएको एक बूथ प्रदान गरेको छ ।

बूथको समुद्घाटन काठमाडौं महानगरपालिकावडा नं.३ का वडा सदस्य कृष्ण राज चालिसेले गरेका थिए । बूथ बाँसवारी स्थित जुत्ता मेन्डर नरेश महरालाई हस्तान्तरण गरिएको थियो । बूथले स्थानिय उद्यमीलाई व्यवसाय गर्न सुविधा युक्त वातावारण वनाउने उद्देश्य रहेको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गर्ने यस्ता कार्यले जुत्ता मेन्डरहरुलाई एक व्यवस्थित स्थान प्रदान गरि उनिहरुको आफ्नो जीविको पार्जन गर्न सहयोग पुगोस भन्ने उद्देश्यरहेको बैंकले लिएको छ ।