गरिमा विकास बैंकको ३ लाख ८२ हजार कित्ता संस्थापक सेयर किन्ने मौका, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ८२ हजार ८९२.७७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
सो सेयर खरिदका लागि बैंकका साविकका संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आगामी असार ३० गतेभित्र बैंकको प्रधान कार्यालय लाजिम्पाटमा दिनुपर्नेछ ।
तोकिएको सो अवधिमा साविक संस्थापक सेयरधनीमध्येबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएको खण्डमा प्रचलित कानून बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।