निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग « Arthapath.com
२२ असार २०८२, आईतबार

निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो प्रतिष्ठानलार्य आर्थिक सहयोग उपलब्ध गराएको हो ।

सहयोगको स्वरुप सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेमी फोल्डिङ्ग बेड, सामान्य ह्वील चेयर र आईभी स्टाण्ड लगायतका हस्तान्तरण गरेको हो।

बैंकले गत जेठ ११ गते गते बिहिबारका दिन सो स्वास्थ्य प्रतिष्ठानको कार्यालय कोहलपुर–९, झण्डहवागाँउ, बाँके मा बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयन्द« बहादुर खड्कालाई हस्तान्तरण गरेको हो । सोही अवसरमा प्रतिष्ठानका लागि अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्