पुरानो लाभांश रकम लिन महालक्ष्मी विकास बैंकको अनुरोध « Arthapath.com
२५ श्रावण २०८०, बिहीबार

पुरानो लाभांश रकम लिन महालक्ष्मी विकास बैंकको अनुरोध



काठमाडौं । पुरानो लाभांश रकम लिन महालक्ष्मी विकास बैंकले अनुरोध गरेको छ ।

साविक मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स, यति फाइनान्स, सिद्धार्थ फाइनान्स र भ्याली फाइनान्सका विभिन्न साधारण सभाबाट पारित भएको लाभांशहरू र बैंकको आर्थिक वर्ष २०७३।०७४ मा वितरित लाभांश रकम केही लिन आउन भनेको हो ।

लाभांश रकम लिन बाँकी शेयरधनीहरूले बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमा सम्पर्क राखी लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्