महालक्ष्मी विकास बैंकले गर्यो लाभांश घोषणा « Arthapath.com
४ पुष २०८०, बुधबार

महालक्ष्मी विकास बैंकले गर्यो लाभांश घोषणा



काठमाडौँ । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष ३ गते बसेको सञ्चालक समिति बैठकले ६.४० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्