लाभांश पारितका लागि गरिमा विकास बैंकले बोलायो साधारण सभा

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा होटल पोखरा ग्राण्ड बिरौटा पोखरा कास्कीमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।
सभाले १०.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ । साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुष १७ गते देखि २९ गते सम्म बुक क्लोज गर्ने भएको हुँदा पुष १६ गते सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।