कोर बैंकिङ सिस्टम अपग्रेड गर्दै ज्योति विकास बैंक, सेवा अवरुद्ध हुने भन्दै सार्वजनिक सूचना जारी

काठमाडौं । ज्योति विकास बैंकको सेवा एक दिन अवरुद्ध हुने भएको छ । बैंकले माघ ५ गते शुक्रबार बेलुका ९ बजेदेखि ६ गते शनिबार बिहान ७ बजेसम्म सेवा अवरुद्ध हुने जनाएको छ ।
बैंकले कोर बैंकिङ सिस्टम अपग्रेड गर्ने भएकाले मोबाइल बैंकिङ्ग, डिजीटल बैंक, एटीएम, कार्ड, कनेक्ट आइपीएस लगायतका सम्पूर्ण अनलाइन सेवा अवरुद्ध हुने भएको हो ।
