कामना सेवा विकास बैक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर बीच सम्झौता « Arthapath.com
२९ माघ २०८०, सोमबार

कामना सेवा विकास बैक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर बीच सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित नेशनल पथ ल्याब एण्ड रिसर्च सेन्टरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुर्‍याउने उद्धेश्यले स्थापित उक्त नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर प्रालि मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्