गरिमा विकास बैंकको ४९ लाख २८ हजार कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
२९ माघ २०८०, सोमबार

गरिमा विकास बैंकको ४९ लाख २८ हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । गरिमा विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको ९.५० प्रतिशत बापतको बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

बैंकको ४९ लाख २८ हजार ३०२ दशमलव ७१ कित्ता बोनस सेयर सूचीकृत गराएको हो । अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्