गरिमा विकास बैंकको १ लाख कित्ता बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । गरिमा विकास बैंकले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकका केही संस्थापकहरुले आफ्नो नाममा रहेको १ लाख ८ हजार १३०.३२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिदका लागि अन्य व्यक्ति वा संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
आवेदन आगामी कात्तिक १२ गतेभित्र पेश गर्नुपर्नेछ । यसअघि बैंकले विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकतामा राखेर सेयर बिक्रीमा ल्याएको थियो । तोकिएको अवधिमा संस्थापकहरुबाट आवेदन नपरेपछि अन्य बिक्री प्रक्रिया अघि बढाएको हो ।