नेप्सेमा झन्डै २३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) कामना सेवा विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बैंकले गत असोज ३० गते १८ औँ वार्षिक साधारणसभाबाट पारित गरेका ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सूचीकृत भएको उक्त बोनस सेयर सेयरधनीहरुको खातामा तथा नगद लाभांश कर कट्टा गरी बैंकमा जम्मा गरिसकेको बैंकले जनाएको छ ।