ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।
पुस २ गते बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ६.०५२७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३०२७ प्रतिशत नगद लाभांश दिने भएको छ ।
उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।