१० प्रतिशत लाभांश पारित गर्न मितेरी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले साधारण सभाका लागि मिति तय गरेको छ ।
बैंकले लाभांश पारित गर्ने आगामीपुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई यो वर्ष ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। सोही लाभांश सभाले पारित गर्नेछ ।
सभामा मर्जर सम्वन्धि एजेन्डा पनि छ । अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।
यस्तै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्नेछ । साधारण सभा प्रयोजनार्थ मितेरीले पुस १६ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।