लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले यो वर्ष ७ प्रतिशत लाभांश मात्रै दिने भएको छ ।
बैंकको पुस ५ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर दिने भएको हो ।
उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकको स्वीकृति लिई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।